प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज (सोमबार) दुई खेल आयोजना हुदैछ । समुह बी अन्तर्गत काठमाडौंको कीर्तिपुर मैदानमा प्रदेश ५ र गण्डकी प्रदेश तथा मुलपानी मैदानमा सुदुरपश्चिम र प्रदेश ३ बीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय टिम एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको अवस्थामा बाँकी चारै टोलीको अघिल्लो चरण प्रवेशको सम्भवना उत्तिकै छ । आजको खेलका नतिजाले सेमिफाईनलको सम्भावित समिकरणको बिषयमा बोल्न सक्नेछ ।

कीर्तिपुर मैदानमा पारस खड्का नेतृत्वको प्रदेश तीन सुदुरपश्चिमविरुद्व सहज जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ । प्रदेश नम्बर तीनको जितले अन्य टिमको सेमिफाईनल सम्भावना सकिनेछ ।

तर प्रदेश नम्बर तीनको पराजयसंगै अन्य टिमले अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी रहन्छ । मात्र एक अंक जोडेको सुदरपश्चिमलाई समेत प्रतियोगितामा फर्कन जितको आवश्यकता छ ।

प्रदेश ३ टोली ४ अंक सहित तालिकाको दोस्रो र सुदुर १ अंक सहित तेस्रो स्थानमा छ ।

आजै हुने मुलपानीको अर्को खेलमा प्रदेश ५ र गण्डकी भिड्नेछन् । अघिल्लो चरण प्रवेश गर्ने गणितिय सम्भावना दुवै टोलीलाई जित आवश्यक छ । प्रदेश ५ टिम १ अंक सहित चौथो र अंक विहिन गण्डकी तालिकाको पुछारमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...