अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल मलेसियासंग पराजित

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली मलेसियासंग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल मलेसियासंग २-० ले पराजित भएको हो । बुरीत जालिल राष्ट्रिय मैदानमा मलेसियालाई जित दिलाउन सफावी राशिद र साहरुल सादले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मलेसियाले दुई गोल गर्दै जित निकालेको हो । खेलको ५१ औं मिनेटमा राशिदले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए  । अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टी पाएको हो । जसमा राशिदले सहजै गोल गरे ।

त्यसपछि खेलको ८२ औं मिनेटमा सादले गोल गर्दै मलेसियालाई २-० को जित दिलाए । फिफा वरियतामा आफूभन्दा तलको मलेसियाविरुद्ध नेपालले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेन । खेलको २९ औं मिनेटमा बिक्रम लामाले प्रहार पोलमा लागेर फर्किएको थियो । फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औं स्थानमा रहेको छ । 

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसियासंग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले चाईनिज ताईपेसंग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र चाईनिज ताईपेबीचको खेल जुन ६ मा हुनेछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...