विश्वकप क्रिकेट: बंगलादेशको शानदार जित

काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा बंगलादेश विजयी भएको छ । ओभलमा भएको खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले स्तब्ध पारेको हो ।

तुलनात्मक रुपमा बलियो ठानिएको दक्षिण अफ्रिका बंगलादेशसँग पराजित भएको हो । ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा ३०९ रन बनाउन सक्यो ।

उसका लागि फाप डू प्लेसिसले ५३ बलमा ६२, एडन माक्रम र जेपी डुमिनीले समान ४५, रासिइ भान डेर डुसनले ४१ तथा डेविड मिलरले ३८ रन बनाए पनि हार टार्न सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहमानले तीन तथा मोहम्मद सैफुद्धिनले दुई विकेट लिए । पहिले ब्याटिङ्ग गरेको बंगलादेशले ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो ।

उसका लागि मुशफिकर रहिमले ८० बलमा ७८, शकिब अल हसनले ८४ बलमा ७५, महमुदुल्लाहले ३३ बलमा ४६ तथा सौम्य सरकारले ३० बलमा ४२ रनको योगदान दिए ।

प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको हो । दक्षिण अफ्रिकाको भने यो लगातार दोस्रो हार हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...