चर्चित फुटबल स्टार नेमारलाई बलात्कारको गम्भीर आरोप

 । चर्चित ब्राजिलियन फुटबल स्टार नेमारलाई बलात्कारको आरोप लागेको छ । एक ब्राजिलियन युवतीले उनीमाथी यस्तो आरोप लगाएकी हुन् । ती युवतीले साओ पाउलो प्रहरी कार्यालयमा दर्ता गरेको उजुरी अनुसार गत मे महिनाको १५ तारिखको दिन पेरिसमा उक्त घटना भएको थियो ।

ति महिलाले प्रहरीलाई जानकारी दिएअनुसार नेमारसँग इन्स्टाग्रामको माध्यमबाट कुराकानी भएको र उनले भेट्नको लागि आफुलाई पेरिस बोलाएको बताएकी छिन् ।

नेमारका प्रतिनिधी गाल्लो नामका व्यक्तिले नै उक्त युवतीलाई पेरिस आउने टिकट र होटलमा कोठा पनि बुक गरेको पनि ति महिलाको दाबी गरेकी छिन् । नेमार उनलाई भेट्न होटलमा आउँदा रक्सी खाएर आएको उनले बताएकी छिन् ।

भेटपछि दुईबीच सामान्य रुपमा नजिकिएको र माया साटासाट गरेको, तर नेमार अकस्मात उग्र हुँदै मेरो इच्छा  विपरीत यौन सम्पर्क राखेको ती युवतीले  आरोप लागाएकी छिन् । 

उक्त रिपोर्ट अनुसार ति युवती दुई दिनपछि पेरिसबाट फर्केको र पेरिसमा उजुरी दिन डराएकोले चुपचाप फर्केको बताएकी छिन् । प्रहरीले उनको उजुरीलाई चिकित्सहरुको परिक्षणबाट पनि अनुसन्धान गर्ने बताएको छ ।

उक्त घटना बाहिरिएपछि नेमारले यस घटनालाई नियोजित आरोप भनेका छन् । नेमारका पिताले पनि यस आरोपलाई धम्क्याउने साधन भएको बताएका छन् । आरोप आएसँगै नेमारले शनिबार इन्स्टाग्राम मार्फत् एक भिडियो सार्वजनिक गर्दै घटना प्रस्ट्याएका छन् ।

मे ११ मा भएको कुराकानी देखि घटना भएको भोलीपल्ट आरोपी र नेमार बिचको सामान्य रवैयाको गफ सबै रहेको करिब ७ मिनेटको भिडियो उनले सार्वजनिक गरेका छन् । नेमारले इन्स्टाग्राममा आँफुलाई फसाइएको र यसबाट आफुले सिक्ने बताएका छन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘कोठा भित्र महिला र पुरुषबिच सम्बन्ध हुन्छ । भोलीपल्ट ९त्यस्तो नराम्रो० केहि भएको हुँदैन । मलाई विश्वास छ, अनुसन्धानकर्ताहरुले यो मेसेज पढ्नेछन् र थाहा पाउनेछन् के भएको भनेर । ’

नेमारका पिताले भने ति महिलाले आफ्नो छोरालाई ब्ल्याकमेल गरेको प्रमाणहरुले देखाइरहेको बताएका छन् । उनले आफुहरुसँग प्रमाण भएको र उक्त प्रमाणहरु वकिललाई दिइसकेको बताएका छन् ।

नेमारका पिताका अनुसार नेमार र ति युवती डेटिङमा गएका थिए । तर नेमारले उनिसँगको सम्बन्ध लम्ब्याउन चाहेनन् । त्यो थाहा पाएदेखि ति युवतीले नेमारसँग पैसा निकाल्न अनेक प्रयास गरिरहेकी छिन् । २७ वर्षिय नेमार अहिले ब्राजिलको तर्फबाट कोपा अमेरिका प्रतियोगिता खेल्नको लागि तयारी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...