विप्लवलाई धक्काः पोलिटब्युरो सदस्य राई नेकपामा प्रवेश

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई नेकपामा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरू सहभागी थिए । भोजपुरका राईलाई पार्टी नीतिविपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले केही समयअघि निलम्बन गरेका थिए ।

तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधान सभामा भोजपुरबाट निर्वाचित भएका राई राज्यमन्त्री बनेका थिय । पार्टी फुटेसँगै मोहन वैद्यको समूहमा लागेका थिए । पछि उनी विप्लव समूहमा पुगेका थिए ।


प्रतिकृया दिनुहोस