पिएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज (आईतबार) दुई खेल हुदैछन् । काठमाडौंको कीर्तिपुर मैदानमा विभागीय टिम पुलिस र प्रदेश २ तथा मुलपानीमा एपीएफ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुर मैदानमा समूह बीको अन्तिम खेलमा पुलिस र प्रदेश २ भिड्न लागेका हुन् । सेमिफाईनल पुग्ने गणितिय सम्भावना बाँकी राखेको प्रदेश २ अप्रत्यासित जित निकाल्दै अन्तिम ४ मा पुग्न चाहन्छ ।

पुलिसलाई समूह चरणमा शतप्रतिशत जित सहित सेमिफाईनल पुग्ने अवसर छ । समुह चरणको खेलमा प्रदेश २ ले कर्णाली र प्रदेश १ लाई हराएको थियो । पुलिसले समेत कर्णाली सहित प्रदेश १ र आर्मीलाई हराएको छ ।

पुलिसको ३ खेलबाट ६ अंक छ । तेस्रो स्थानको प्रदेश २ को ३ खेलबाट मात्र ४ अंक छ । प्रदेश २ को फराकिलो जितले नेटरन रेटका आधारमा अघिल्लो चरण पुग्ने गणितिय सम्भावना बाँकी छ ।

आर्मी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरिसकेको छ । आजको खेलले समुह एबाट सेमिफाईनल पुग्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ । मुलपानी मैदान हुने समुह एको खेलमा एपीएफ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै सेमिफाईनल पुगेको एपीएफ लगातार चौथो जित निकाल्दै समुह विजेता बन्न चाहन्छ ।

अघिल्लो चरण प्रवेशको सम्भावना बोकेको प्रदेश ५ समेत अप्रत्यासित नतिजा सहित सेमिफाईनल प्रवेशको ढोका जिवितै राख्न चाहन्छ । आर्मीले समुह चरणमा गण्डकी प्रदेश सहित सुदुरपश्चिम र प्रदेश ३ लाई हराएको थियो । प्रदेश ५ ले भने सुदुरपश्चिमसंग अंक बाँडेको थियो । आर्मी ३ खेलबाट शतप्रतिशत जित सहित ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रदेश ५ भने २ खेलबाट १ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...