विश्वकप क्रिकेटमा अष्ट्रेलियाको विजयी सुरुवात

एजेन्सी । अष्ट्रेलियाले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

इंग्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २०८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नर र कप्तान आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । वार्नरले अविजित ८९ रन बनाए । फिन्चले ६६ रनको योगदान दिए ।

यस्तै उस्मान ख्वाजाले १५ रन जोड्दा स्टिभ स्मिथ १८ रनमा आउट भए । अफगानिस्तानका गुल्बादीन नाईब, मुजिब उर रहमान र राशिद खानले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए । यस्तै राशिद खानले २७ रन बनाए । 

अष्ट्रेलियाक लागि एडम जाम्पा र पाट कुमिन्सले समान ३/३ विकेट लिए । यस्तै मार्कुस स्टोनिसले २ विकेट लिए । जितसंगै अष्ट्रेलियाले पहिलो खेलमा २ अंक जोडेको छ । अफगानिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...