बुटवलमा जनमुक्ति पार्टीको पदाधिकारी बैठक सम्पन्न

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले पदाधिकारी बैठक सम्पन्न गरेको छ । शनिबार प्रदेश नं. ५ को राजधानी बुटवलमा पार्टीको पदाधिकारी बैठक राखेको हो ।

सो पार्टीले १५ गते गणतन्त्र दिवसको अवसर पारेर सातै प्रदेश र केन्द्रीय राजधानी काठमाडौंमा भ्रष्टाचारविरुद्ध जनसभा तथा हस्ताक्षर अभियान सञ्चालन गरेको थियोे । सो अभियानको समिक्षा गर्दै असार भरी केन्द्र, प्रदेश र स्थानीय तहमा थप अभियान सञ्चालन गर्ने जनमुक्ति पार्टीले जनाएको छ ।

सो बैठकमा विभिन्न पार्टी परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश गरेका नवप्रवेसीहरुलाई उपमहासचिव टोप अस्लामीले खादासहित स्वागत गरे । प्रशिक्षण कार्यक्रममा उपमहासचिव अस्लामी र अर्का उपमहासचिव तथा प्रचार सचिव मेखराज परियारले प्रशिक्षण दिएका थिए ।

भ्रष्टाचार विरुद्धको अभियानका संयोजक तथा महासचिव केशव सूर्यवंशीले बैठक संयोजन गरेका थिए सो बैठकमा अध्यक्ष केपी पालुङ्वाको पनि उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस