रोजर फेडेरर र रफायल नदाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा

काठमाडौं । रोजर फेडेरर र रफायल नदाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । दुवै खेलाडी कीर्तिमानी १४ औँ पटक फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका हुन् ।

विश्व नम्बर तीन स्वीस खेलाडी फेडररले नर्वेका क्यासपर रुडलाई ६–३, ६–१ र ७–६ को सेटमा हराउँदै चौथो चरणमा प्रवेश गरे । सन् २००९ का च्याम्पियन ३७ वर्षीय फेडेरर ग्राण्डस्लामको चौथो चरणमा पुग्ने सन् १९९१ यताकै सबैभन्दा बढी उमेरका खेलाडी बने ।

सन् २०१५ पछि पहिलोपटक फ्रेन्च ओपन खेलिरहेका फेडेररले चौथो चरणमा अर्जेन्टिनाका लियोनार्डो मायरसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै विश्व नम्बर दुई राफायल नदालले बेल्जियमका डेविड गोफिनलाई पराजित गरेर चौथो चरणमा पुगेका छन् ।

२७ औँ बरियताका गोफिनलाई नदालले ६–१, ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरेका हुन् । नदालले चौथो चरणमा अर्जेन्टिनाका आन इग्नासिओ लोन्देरोसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस