विश्वकप क्रिकेटः आज श्रीलंका र न्यूजिल्यान्ड तथा अफगानिस्तान र अस्ट्रेलिया भिड्दै

काठमाडौं । आईसीसी विश्वकपमा आज दुईवटा खेल हुँदैछन् । नेपाली समयअनुसार सवा ३ बजे न्यूजिल्याण्ड र श्रीलंका तथा साँझ अफगानिस्तान र अस्ट्रेलिया भिड्दै छन् ।

श्रीलंका र न्यूजिल्याण्डबीचको खेल कार्डिफस्थित मैदानमा हुनेछ । न्यूजिल्याण्डलाई विश्वकपमा डार्क हर्स भन्ने गरिन्छ । उसले यो संस्करणमा पनि यो छवी कायम राखेको छ । एकदिवसीय विश्व वरियतामा न्यूजिल्याण्ड तेस्रो स्थानमा छ ।

श्रीलंका भने यो संस्करणमा कमजोर देखिएको छ । विश्व वरियतामा श्रीलंका नवौं स्थानमा छ । अघिल्लो संस्करणमा श्रीलंका क्वार्टर फाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसैगरी आजै हुने अर्को खेलमा विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले सवैभन्दा सफल टिम मानिँदै आएको अस्ट्रेलियासँग खेल्दै छ ।

विश्वकपका ११ संस्करण सकिँदा अस्ट्रेलियाले ५ उपाधि जितिसकेको छ । तर यो संस्करणमा अस्ट्रेलियालाई केही कमजोर आंकलन गरिएको छ ।

यसअघि हिजो भएको खेलमा वेस्ट इन्डिजले शानदार सुरुवात गरेको छ । वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले सहजै पराजित गर्दै शानदार सुरुआत गरेको हो ।

सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले २१ दशमलव ४ ओभरमा १ सय ५ रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको टिम १३ दशमलव ४ ओभरमा लक्ष्य पुरा गरेको थियो । खेलमा क्रिस गेलको ५० रन र निकोलस पुरनको ३४ रनको मद्दतले वेस्ट ईन्डिजले ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...