नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षकमा उमेश पटवाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आउने भएका छन् । यसअघि नेपालको क्रिकेट टिमसँग काम गरिसकेका भारतका उमेश पटवाल नेपालको प्रशिक्षक बन्ने भएका हुन् ।

हाल जगत टमाटा नेपालको प्रशिक्षकका रुपमा छन् । अब उनको स्थान पटवालले लिनेछन् । उमेश पटवालसँग अहिले एक वर्षको लागि सम्झौता हुने राखेपका सदस्यसचिव केशव कुमार विष्टले जानकारी दिए ।

पटवाल यसअघि गत वर्ष नामिबियामा भएको डिभिजन टूमा नेपाली टोलीको ब्याटिङ कन्सलट्यान्टका रुपमा रहेका थिए । यस्तै नेपालले युएई विरुद्ध एकदिवसीय र टी २० सिरिज जित्दा पनि नेपालको ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरेका थिए । पटवालसँग आजै राखेपले मुख्य प्रशिक्षकको रुपमा सम्झौता गर्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...