प्रधानमन्त्रीमा आलोपालो लज्जास्पदः मोहन वैद्य

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्यादित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो ?

कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको आरोप लगाउँदै उनले भने। सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको बताए । 

महासचिव वैद्यले सरकारी प्रभुत्व मिडियामाथि स्थापित गर्दै सरकारले स्वतन्त्र पत्रकारितामाथि प्रहार गर्न खोजिरहेको भन्दै वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै महासचिव वैद्यले आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गरे । 

आलोपालो सरकारको नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच गोप्य सहमति भएको खुलासा प्रचण्डले केही दिनअघि एक टेलिभिजन कार्यक्रममार्फत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...