विश्वकप क्रिकेटमा आयोजक इंग्ल्याण्डको विजयी सुरुवात

एजेन्सी । आयोजक इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गर्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो ।

द ओभल मैदानमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको फराकिलो लक्ष्य पछाएको दक्षिण अफ्रीका ३९ ओभर ५ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि क्विनटन डी कक र भान डेर डुसेनले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उसका डी ककले ६८ रन जोड्दा डुसेनले ५० रनको योगदान गरे 

यस्तै एडिले लक्कीले २४ तथा हसिम अमलाले १३ रन जोडे । अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै लियाम पुल्न्केट र बेन स्टोक्सले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउंदै ३ सय ११ रन बनाएको थियो ।

इंग्ल्याण्डको उच्च स्कोरमा ४ खेलाडीले अर्धशतक बनाए । ओपनर जोन्नी बेस्ट्रो खेलको दोस्रो बलमा गोल्डेन डक आउट भएपनी जासन रोय र जोय रुटले अर्धशतकीय इनिङ्स खेल्दै इंग्ल्याण्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दोस्रो विकेटको रुपमा आउट भएका रोयले ५४ रनको इनिङ्स खेल्दा रुटले ५१ रन बनाए ।

यस्तै अलराउण्डर बेन स्टोक्सले ९ चौका प्रहार गर्दै ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान इयान मोर्गनले ३ छक्का र ४ चौकाको मद्दतले ५७ रन बनाए । त्यस्तै जोस बट्लर १८, क्रिस वोक्स १३, मोइन अली ३, लाइम प्लङकेटले ९ रन बनाउँदा जोफ्रा आर्चरले ७ रनको योगदान गरे ।

दक्षिण अफ्रीकाका लुंगी नेग्दीले ३ विकेट हात पारे । यस्तै इमरान ताहिर र कागीसो राबाडाले समान २/२ विकेट हात पारे । इंग्ल्याण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका बेन स्टोक्स प्लेयर अफ दि म्याच बने ।

जितसंगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ ।  दक्षिण अफ्रीकाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।  प्रतियोगिता अन्तर्गत शुक्रबार वेष्ट इण्डिज र पाकिस्तानबीच खेल हुनेछ । 

प्रतिकृया दिनुहोस