सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई देउवाको कडा निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा देउवाले सरकारले संघीयतालाई अपमान र बेवास्ता गरेर बजेट ल्याएको बताए । उनले भने,वर्तमान सरकार चरणबद्ध ढंगले लोकतन्त्रविरोधी गतिविधिमा लागिरहेको आरोपसमेत लगाए ।

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले प्रजातान्त्रिक मूल्य–मान्यताविरुद्धका गतिविधि स्वीकार्य नहुने चेतावनी दिए । महामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्र कुनै रणनीति नभइ कांग्रेसको विश्वास भएको धारणा राखे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...