चेल्सीले जित्यो युरोपा लिग फुटबलको उपाधि

काठमाडौं ।  युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए ।


ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी खेलको चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।


४९ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता १–० को अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेड्रोले गोल थपेपछि आर्सनल २–० ले पछि परेको थियो । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३–० को बनाए ।


६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३–१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले फेरि पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...