स्थानीयले भत्काइदिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित

काठमाडौं । चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ । निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको हो । नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले त्यस ठाउमा बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएका थिए ।

बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले प्रेस विज्ञप्ति निकाल्दै अराजक समूहबाट सुनियोजित ढंगबाट निर्माणाधीन रंगशालामा ठुलो क्षति पुर्राएको भन्दै त्यहाँ काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने बताउदै विवाद समाधान नहुन्जेल काम रोकिएको जनाएको छ ।


हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण भईरहेको थियो  । भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा रंगशालाको निर्माण कार्य थालिएको थियो ।  डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताईएको छ । तर, रंगशालाको डीपीआर बन्दै गरेको अवस्थामा निर्माण कार्य रोकिएको हो ।

प्रेस विज्ञप्ति 

प्रतिकृया दिनुहोस