निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको तारबार नेकपाका नेतासहितले भत्काए

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको छ । बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । तारबार भत्काउने १६ जना स्थानीयलाई पक्राउ गरिएको छ ।

नेकपा नेता प्रकाश कँडेलसहितका स्थानीयले भत्काएको प्रहरीले जनाएको छ ।  संरचना भत्काएको अभियोगमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

 स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाएका थिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुःखद भएको बताएकी छन् । उनले छलफलबाट समस्या समाधान नगरीे तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको जानकारी दिइन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...