गणतन्त्र दिवस: राष्ट्रपति भण्डारीले ४३४ कैदीको कैद मिनाहा गर्ने

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर ४३४ कैदीको कैद मिनाहा भएको छ। गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जनाको बाँकी कैद माफी गरेकी हुन्।

राष्ट्रपति कार्यालयलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएका ४३४ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।’

संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्नसक्ने व्यवस्था छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...