आफ्नै रेकर्ड तोडे विजय घिमिरे विश्वकर्माले, ज्ञानमालालाई पुर्‍याए चुचुरोमै

आफ्नै रेकर्ड तोडे विजय घिमिरे विश्वकर्माले, ज्ञानमालालाई पुर्‍याए चुचुरोमै

काठमाडौं । निक्कै लामो कसरतपछि नेपाली दलित समुदायबाट विजय घिमिरे विश्वकर्माले २०७४ जेठ ८ गते बिहान ५ बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका थिए । उनी नै हुन् सगरमाथा चढ्ने नेपालको पहिलो दलित । 

उनदे पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेर दलित समुदायको नाम उच्च बनाए । अहिले फेरि दोस्रो पटक सगरमाथा पुगेर आफ्नै किर्तिमानलाई तोडेर अर्काे किर्तिमान बनाएका छन् । 

पहिलो पटक सगरमाथा चढेको ठीक दुई वर्ष १ दिनपछि अर्थात् २०७६ जेठ ९ बिहान १० बजेर १० मिनेट जाँदा सगरमाथामा पाइला राखे । उनले आफ्नो मात्रै सगरमाथामा पाइला राखेनन्, दलित महिलालाई पनि सगरमाथामा पाइला राख्न अथक मेहेनत गरे । अर्थात् कुमारी ज्ञानमाला रन्पाल परियारलाई पनि सगरमाथासम्म पु¥याए । 

घिमिरेको यस्तो छ यात्रा

सोलुमा धेरै व्यक्ति हिउँमा खेलेर हुर्किएका छन् । त्यही जिल्लाको काखमा जन्मिए विजय घिमिरे विश्वकर्मा । त्यही हुर्किए, हिउँमै रमाए । हिउँमै चिप्लिँदै कयौ पटक लडे, कयौ पटक हिउँको चिसोमा परे । सबै कुरा पार गरेर उनी विश्वको सर्वाेच्च शिखर सगरमाथामा पाइला राख्न सफल भए ।

दुधकुण्ड नगरपालिका –७ भित्ताखर्च, साविकको गार्मा गाविस –९ मा जन्मिएका विजय निम्न वर्गीय परिवारका सदस्य हुन् । उनका परिवारका सबैले ८ सम्म मात्रै पढेका छन् । त्योभन्दा अघि कसैले पढ्न सकेनन् । पढाईमा कसैले ध्यान पनि नदिएनन् ।

उनका बुवा किसान । तर, विजय चाँही १० वर्षदेखि पर्यटन क्षेत्रमा लागेका छन् । उनले पर्यटन व्यवसाय विदेशीको भारी बोकेर सुरु गरेका थिए । कुक हेल्फर भएर झण्डै ५ वर्ष काम गरे । ४ वर्ष सगरमाथाको बेस क्याम्पमा काम गर्ने मौका पाएका थिए । त्यहीबाट नै सगरमाथा चढ्ने रहर जाग्यो ।

जुन त्यसबेलासम्म दलितले सगरमाथा चढेका थिएनन् । आफ्नो समुदायका मान्छेले सगरमाथा चढ्न नसक्दा उनलाई दुःख लाग्थ्यो । त्यही भएर उनले ०७० देखि सगरमाथा चढ्ने तालिम लिए ।

तालिमपछि सगरमाथा चढ्ने आस पलायो । त्यही बेला ‘देशको गौरव मुलुकको सान, दलितहरुको सगरमाथा आरोहणको महान अभियान’ भन्ने नारा बनाए । त्यही बेला काठमाडौंमा पनि प्रथम दलित सगरमाथा आरोहण भनेर अभियान सुरु गरिएको थियो । तर, त्यो अभियान सफल हुन सकेन ।

त्यो बेला विजयले पनि आर्थिक संकलन थाले । ‘विभिन्न संघ संस्था र सरकारी निकायमा पनि पुगे । गाईघाट जिल्ला विकास समितिबाट त्यहाँका दलितहरुले १५ हजार रुपैयाँ दिए’ उनले विगतलाई सम्झिए, ‘धरान, इटहरी लगायतका ठाउँबाट उनले ५० हजार रुपैया जम्मा गरे । तर, त्यो बेलासम्म उनको २ लाख खर्च नै भइसकेको थियो । अन्य ठाउँबाट सहयोग नआएपछि उनले सगरमाथा चढ्ने योजना रोक्नुप¥यो ।’

२०७२ मा सगरमाथा चढ्न बेस क्याम्प पुगेका थिए । तर, भुकम्प गयो । भुकम्पमा परी बेस क्याम्पमै २२ जनाको मृत्यु भयो । ६५ जना घाइते भए । देश रुवावासीमा परेका कारण उनको यात्रामा पूर्ण विराम लाग्यो । त्यो वर्ष कसैले आरोहण गरेनन् ।

त्यसपछि १ वर्ष त सगरमाथा आरोहण नै रोकियो । उनले फेरि ०७४ मा प्रयास गरे । उनलाई सगरमाथा चढ्न ट्रयाक नेपाल, एसपिडीसन ट्रेकका डाइरेक्टर सागर पौडेलले खर्च बेहोरे । आवश्यक पर्ने कपडा, जुत्ता आदी हिमालमा चाहिने जति सामाग्री उनी आफैंले किने ।

पहिले खुकुरी, अहिले झण्डा

घिमिरे पहिलो पटक सगरमाथा पुग्दा नेपाली सान भनेर चिनिने खुकुरी लगेका थिए । दोस्रो पटक सगरमाथा पुग्दा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा लगे । 

त्यति मात्रै होइन, एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज लगायतका विभिन्न संघ संस्थाको झण्डा पनि सगरमाथा लगेर नाम राखिदिए । 

यसअघि सगरमाथामा पाइला टेक्ने पहिलो दलितको नाम विजय घिमिरे विश्वकर्माले लेखाएका छन् । उनीपछि प्रकाश सुन्दासले पनि सगरमाथा चढिसकेका छन् । 

ज्ञानमालालाई टेकाए चुचुरो

सथरमाथाको चुचुरोसम्म पुग्ने रहर सबैलाई हुन्छ । तर, सबै सगरमाथा पुग्न पनि सक्दैनन् । तर अठोट भए चाँही सम्भव हुन्छ भन्ने उदाहरणको पात्र हुन् कुमारी ज्ञानमाला रन्पाल परियार । उनले सगरमाथा चढ्ने पहिलो दलित महिलाको नाम इतिहासमा लेखाएकी छन् । 

कपिलवस्तुको बुद्धभुमी –२, गोरुसिंङ्गेमा जन्मिएकी कुमारी ज्ञानमाला रन्पाल परियारलाई पहिलोपटक सगरमाथाको चुचुरोसम्म पु¥याए । रन्पालले सगरमाथा चढ्नुअघि ६ हजार १ सय ६० मिटर अग्लो आइलेम्पिक हिमाल आरोहण गरिसकेकी थिइन् । 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाको बिज्ञापन रद्द नहुने, लोकसेवाले फेरि २५ हजार कर्मचारीका लागि बिज्ञापन गर्दै

काठमाडौँ । स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने सङ्घीय मामिला  ...