एस्टन भिल्ला इङ्लिस प्रिमियर डिभिजनमा बढुवा

काठमाडौं । डर्बी काउन्टीलाई हराउँदै एस्टन भिल्ला इङ्लिस प्रिमियर डिभिजनमा बढुवा भएको छ । गएराति भएको च्याम्पियनसिपको प्लेअफ फाइनलमा एस्टन भिल्लाले डर्बी काउन्टिलाई २–१ ले पराजित गर्‍यो ।

फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बी विरुद्ध भिल्लालाई ऐतिहासिक जित दिलाउन अनवर अल–घाजी र जोन म्याक्गिनले एक–एक गोल गरे । पराजित टोली डर्बीका मार्टीन वागनले एक गोल गरे पनि टोलीलाई खेलमा फर्काउन सकेनन् । एस्टन भिल्ला तीन बर्षपछि प्रिमियर डिभिजनमा फर्किएको हो ।

भिल्ला यो सिजनको च्याम्पियनसिपबाट बढुवा हुने तेस्रो तथा अन्तिम टोली हो । च्याम्पियनसिपमा शीर्ष दुई स्थान लिएका नरिच सिटी र सेफिल्ड वेनस्डे यसअघि नै प्रिमियर डिभिजनमा बढुवा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस