कान्तिपुर हाफ म्याराथनको उपाधी अनिश र विश्वरुपाको हातमा

अनिश थापा मगर र विश्वरुपा बुढाले नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । आज भएको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन भएका हुन् । 

पुरुषतर्फ प्रथम भएका अनिशले निर्धारित दुरी १ घण्टा ०८ दशमलव ०४ मिनेटमा निर्धारित दुरी पार गरे । दोस्रो भएका दुर्गा बुढाले १ घण्टा ०८ दशमलव ०९ सेकेन्डको समय लगाए । आर्मीका कृण्ण बस्नेत तेस्रो भए । उनले निर्धारित दुरी १ घण्टा ०९ दशमलव ०२ मिनेटमा पार गरे । 

महिलातर्फ आर्मीकै सन्तोष श्रेष्ठलाई विश्वरुपमा पहिलो बनिन् । एपीएफकी बिन्द्रा देसार तेस्रो बनिन् । विश्वरुपमाले निर्धारित दुरी १ घण्टा २३ मिनेट २८ सेकेन्डरमा पुरा गरिन् । दोस्रो भएकी सन्तोषीले १ घण्टा २४ मिनेट ०४ सेकेन्डको समय लगाईन् । तेस्रो भएकी बिन्द्रा श्रेष्ठले १ घण्टा २४ मिनेट ५८ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । उपाधिसंगै अनिश र विश्वरुपाले समान ५०/५० हजार रुपैयाँ प्राप्त गरे । दुवैले थप डुएट स्कुटर समेत हात पारे । 

दोस्रो बनेका दुवै स्पर्धाका खेलाडीले समान ३०/३० र तेस्रो बनेका खेलाडीले समान २०/२० हजार रुपैयाँ प्राप्त गरे । 

ह्विलचेयरतर्फ पुरुषमा रामबहादुर तामाङ पहिलो भए । त्यस्तै प्रेम बिके दोस्रो र मोहन बहादुर बस्नेत तेस्रो भए । महिला स्पर्धामा याम झाक्री मगर पहिलो भईन् । रजनी राई दोस्रो र बबिता थापा तेस्रो भईन् । पहिलो हुनेले समान २०÷२० हजार प्राप्त गरे । दोस्रोले १०/१० हजार र तेस्रो हुनेले ५/५ हजार रुपैयाँ हात पारे । 

५ किलो मिटर मिडियाको पुरुष स्पर्धामा राजेश खड्का पहिलो भए । उनले निर्धारित दुरी १७ मिनेट २० दशमलव ०८ सेकेन्डमा पुरा गरे । अजय तामाङ दोस्रो र उत्तम श्रेष्ठ तेस्रो भए । मिडियाकै महिला स्पर्धामा काजल विस्ट पहिलो भईन् । उनले निर्धारित दुरी २१ मिनेट २५ दशमलव ५ सेकेन्डमा पुरा गरिन् । जुनेली सुनार दोस्रो र सुनिता गौतम तेस्रो भए । 

दुवै स्पर्धाका विजेता र उपविजेताले बैङ्ककको प्याकेज प्राप्त गरे । तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरे ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...