अध्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी

काठमाडौं । श्रीलंकाविरुद्धको पहिलो अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ । कार्डिफमा अफ्रिकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको श्रीलंका २५१ रनमा समेटिएको थियो ।

श्रीलंकालाई दाबाबमा राख्न दक्षिण अफ्रिकाका एन्डिले फेलिकुवावले सर्वाधिक ४ विकेट लिएका थिए । लुन्गी एनगिडीले २ विकेट हात पारे । श्रीलंकाका लागि दिमुथ करुनारत्नेले सर्वाधिक ८७ रन बनाउँदा एन्जेलो म्याथ्यूजले ६४ रनको योगदान गरे । कुशल मेन्डिसले ३७ तथा जीवन मेन्डिसले १८ रन बनाए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको नोक्सानीमा ३३८ रन बनाएको थियो । उसका लागि सबै ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे । फाप डु प्लेसिसले ८८ रन बनाउँदा हसिम अमलाले ६५ रनको योगदान गरे । यसैगरी हेनरिक डुसनले ४० तथा क्रिस मोरिस २६ तथा डेविन पेट्रियोस २५ रनमा नट आउट रहे ।

श्रीलंकाका सुरंगा लकमल र नुवान प्रदीपले दुई(दुई विकेट हात पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...