पूर्व गभर्नर रावलका छोराको करङ भाँचिदिएपछि सोल्टीस्थित प्रिभे क्लबको कार्यक्रम रद्द

काठमाडौँ । पूर्व गभर्नर तथा पूर्व सांसद तिलकबहादुर रावलका छोरा विवेकबहादुर रावलको करङ भाँचिने गरी भएको झगडाका कारण सोल्टी होटलस्थित क्लब प्रिभेको पूर्व निर्धारित कार्यक्रम रद्द भएको छ ।

क्लबले धेरै अघि निर्धारण गरेको अष्टे्लियन डिजे तथा म्युजिसियन टिम्मी ट्रम्पेटको कार्यक्रम रद्द गरेको हो। चीनका विभिन्न शहरमा १ जुन २०१९ सम्म कार्यक्रम गरेपछि उनी जुन ५ मा प्रिभेमा लाइभ प्रस्तुतिका लागि आउन लागेका थिए । क्लबले उनको प्रस्तुतितको सबै टिकट बिक्री गरिसकेको छ ।

‘कार्यक्रम अवधिमा प्रहरीको खानतलासी हुनसक्ने भएपछि कार्यक्रम रद्द भएको हो, । ‘क्लबले लाखौंको टिकट बिक्री गरिसकेको छ ।’ क्लबमा २१ बैशाखको राती पूर्व गर्भनर तिलकबहादुर रावलका छोरा बिबेकबहादुर रावलले मदिराका सुरमा लफडा गरेका थिए । त्यसपछि भएको विवादमा क्लब कर्मचारीले विवेकलाइ करङ भाँच्चिने गरी कुटपिट गरेका थिए ।

पूर्व गभर्नर पुत्रले वृत्त कालिमाटीमा क्लबलाई समेत विपक्षी बनाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेका छन् । प्रहरीले क्लबमा निगरानी बढाउएर कुटपिटमा संलग्नहरूको खोजी गरिरहेको छ ।

सिंगो क्लबविरूद्ध नै ज्यानमार्ने उद्योगको उजुरी परेपछि घटना मिलाउन क्लब सञ्चालकहरू शक्ति केन्द्र धाइरहेका छन् । परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ‘आफ्नै ग्राहकको ढाड भाच्ने अनि मिलापत्र कसरी हुन्छ ।’

क्लबमा घाइते विवेकले २२ बैशाखमा जाहेरी दिएपछि वृत्त कालिमाटीले क्यासियर आशिष गुरुङसहित भिगोरखा सेक्युरिटीका दुई जनालाई पक्राउ गरेको छ । घाइते विवेकको करङमा गम्भीर चोट लागेको छ । उनका बुवा तिलक रावलले क्लबलाई कारबाही गराउन राजनीतिक दल गुहारेपछि मुद्दा झनै पेचिलो बनेको हो । उनी उपेन्द्र यादव र बाबुराम भट्टराइ नेतृत्वको सत्तारूढ संघीय समाजवादी नेपालका नेता हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...