किशोर–किशोरीले भागी विवाह गर्न खोज्दा प्रहरीबाट वडाअध्यक्ष कुटिए

धनगढी । किशोर–किशोरीले भागी विवाह गर्न खोज्दा प्रहरीबाट वडाअध्यक्ष कुटिएका छन् । किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र बिहिबार रातीदेखि अशान्त बनेको हो ।

वडाअध्यक्षमाथि प्रहरीले लाठी प्रहार गरेको बिरोधमा स्थानीयले प्रहरी चौकी घेरा हालेर नाराबाजी गरिरहेका छन् । कञ्चनपुर पुनरवास नगरपालिका–११ का १५ वर्षीय रोमन विक र १४ वर्षीया पुष्पा तामाङले भागेर विवाह गर्न खोजेपछि केटा पक्षकाले प्रहरीलाई खबर गरेका थिए ।

सम्झौताका लागि दुवै पक्षलाई पचकडीया चौकीमा प्रहरीले  बोलाएर केटालाई घरपरिवारको जिम्मा लगाएको थियो । तर, केटी पक्षको कोही नआएको भन्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले चौकीमा लैजान खोजेपछि स्थानीयले विरोध गरेका थिए । 

स्थानीय सोनवीर तामाङकाअनुसार पुनरवास नगरपालिका–११ वडा अध्यक्ष तुलसी अर्यालले किशोरीलाई पुरुष प्रहरीले लैजान नपाइने भनेपछि सुरु भएको विवादले उग्ररुप लिएको हो । सोही क्रममा प्रहरीले वडा अध्यक्षमाथि लाठी प्रहरी गरेको स्थानीयले बताएका छन् ।  प्रहरीले लाठीचार्ज गरेपछि वडाअध्यक्षसहित तीन जना घाइते भएका छन् । 

प्रहरीको ज्यादतिका विरुद्धमा बिहीबार देखि नै स्थानीयले आन्दोलन सुरु गरेका हुन् । स्थानीयले हुलाकी सडकसमेत अवरुद्ध गरेका छन् । प्रहरी निरीक्षक कर्णबहादुर बमले लाठीचार्ज नभएर केटीलाई ईलाकामा लैजाने क्रममा सामान्य विवाद भएको बताए ।

स्थानीयले प्रहरीको मापसे चेक गर्नुपर्ने, सार्वजनिक रुपमा प्रहरी निरीक्षक बमले माफी माग्नुपर्ने र घाइतेको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...