धेरैबेर कम्प्युटर चलाउँदा आँखामा समस्या आयो ? अपनाउनुस् यो उपाय ठिक हुन्छ

काठमाडौं । धेरैबेर कम्प्युटरमा काम गर्दा वा धूलो पर्दा आँखा पोल्न थाल्छ र आँसू आउँछ । आँखामा घरिघरि हात लगाउँदा र रगड्दा पनि यस्तो समस्या आउँछ । आई ड्रप हाल्नुका अलावा अन्य केही घरेलु उपाय गरेर पनि आँखालाई आराम दिन सकिन्छ ।


चिसो पानी
एउटा सफा कपडालाई चिसो पानीमा भिजाएर आँखामा राख्नुस् । यसो गर्दा आँखालाई चिसो पुग्छ । दिनमा धेरैचोटि यो प्रक्रिया दोहो–याउनुस् । आईसक्यूबले पनि आँखा सेक्न सकिन्छ ।

काँक्रो
काँक्रो खाँदा शरीरलाई चिसो हुन्छ र आँखा पोल्ने अनि चिलाउने पनि हट्छ । यसका लागि काँक्रोको पातलो टुक्रा पार्नुस् र १५ देखि २० मिनेटसम्म फ्रीजमा राख्नुस् । अब यसलाई निकालेर आँखामा १० मिनेटसम्म राख्नुस् । दिनमा तीनचारचोटि यसो गर्दा आँखाले आराम पाउँछ र कालो घेरा पनि बन्न पाउँदैन ।

दूध
अलिकति कपासलाई चिसो दूधमा भिजाएर आँखावरिपरि रगड्नुस् । यसबाहेक दूधमा भिजेको कपास आँखामाथि राख्न पनि सक्नुहुन्छ । दिनमा दुईचोटि यसो गर्दा आँखालाई चिसो हुन्छ ।

गुलाफपानी
आँखाबाट आँसू चुहिरहन्छ भने चिसो पानीमा अलिकति गुलाफपानी हालेर आँखा धुनुस् । यसअतिरिक्त गुलाफपानीलाई आई ड्रप जसरी प्रयोग गर्न पनि सक्नुहुनेछ ।

ग्रीन टी
एक कप पानीमा ग्रीन टीका दुईवटा ब्याग हालेर उमाल्नुस् र यो पानीलाई चिसो हुनका लागि फ्रीजमा राख्नुस् । चिसो भएपछि यसको पानीले आँखामा दिनको दुईचोटि धुनुस् । यसो गर्दा आँखा ताजा हुन्छ र पोल्ने पनि कम हुन्छ ।

प्रतिकृया दिनुहोस