अन्नपूर्ण म्याराथन जेठ २० गतेदेखि हुने

काठमाडौं । दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन जेठको तेस्रो साता हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा हुने म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधारशिविर,वगर, देउराली,हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ,टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।

४२ सय मिटर उचाईबाट सुरु भएर १६ सय उचाईमा समापन हुने म्याराथनको विजेताले १ लाख ५ हजार पुरस्कार पाउने छन् । यस्तै दोस्रोले ७५ , तेस्रोले ५५ प्राप्त गर्ने छन् । त्यस्तै चौंथोले ११, पाँचौंले १०, छैटौंले ९, सातौंले ८, आठौंले ७, नवौंले ६ र दशौँले ५ हजार पाउने छन् ।

म्याराथनमा नेपाली र विदेशी धावकहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक ऋषि भण्डारीले जानकारी गराए । म्यारथनअघि जेठ १७ देखि २० सम्म अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण सेन्चुरी महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...