पहिलो खेलमा रोहित टिम जकार्ताको बराबरी

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिग वानको पहिलो खेलमा बराबरी खेलेको छ ।

साविकको विजेता समेत रहेको जकार्ताले सोमबार बारिटो पुटेरासंग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । पुटेराको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा जकार्ताले बराबरी खेलेको हो ।

खेलको ३७ औं मिनेटमा मारको सिमिकले गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा सिल्भा राफायलले गोल गर्दै पुटेरालाई खेलमा फर्काए । यो बराबरीसंगै जकार्ताले १ अंकबाट लिगको सुरुवात गरेको छ ।

पुटेराको पनि १ अंक रहेको छ । पुटेराविरुद्धको खेलमा जकार्ताले रोहितलाई पुरै समय खेलाएको थियो । गत सिजन रोहित बर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतिकृया दिनुहोस