स्ट्रर्लिङको ह्याट्रिकमा सिटीलाई एफए कपको उपाधि

एजेन्सी । म्यानचेस्टर सिटीले इन्ग्लिश एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, ग्राबियल जिसस र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

खेलको २६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए  ।

खेलको ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो । ६८ औं मिनेटमा जिससले सिटीका लागि चौंथो गोल गरे ।

त्यसपछि ८१ र ८७ औं मिनेटमा गोल गर्दै स्ट्रर्लिङले ह्याट्रिक पुरा गर्दै सिटीलाई फराकिलो जित दिलाए । र, स्ट्रर्लिङ सन् १९५३ पछि एफएको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने ।

यस्तै सिटी फाइनलमा फराकिलो जित निकाल्ने क्लब समेत बनेको छ । 

योसंगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।

प्रतिकृया दिनुहोस