जङ्गली हाक्तीले किच्दा वृद्धको मृत्यु

लहान । जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।     

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ । हात्तीले गोलबजार नगरपालिका– १ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...