सन्दीप लामिछाने भन्छन्ः नेपालमा खेलाडीलाई चाहिने वातावरण नै छैन्

चितवन । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो गरेका छन् । शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खेलकुद क्षेत्रबाट सहयोग संकलन समिति गठन तथा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सन्दीपले नेपालमा क्रिकेट खेल्ने रंगशाला, खेल्ने वातावरण, खेलाडीलाई हुने सुविधालगायतको उचित व्यवस्था हुनुपर्नेमा जोड दिए । राम्रो क्रिकेट रंगशाला भए नेपाली खेलाडीहरु देशबाहिर गएर फ्रेन्चाइज लिग खेल्नुको सट्टा आफ्नै देशमा फ्रेन्चाइज लिग आयोजना गरेर खेल्न सकिने उनले बताए ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सक्दो सहयोग गर्न सबैलाई आह्वानसमेत गरे । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा तीन अर्ब रुपैयाँको लगानीमा बहुउपयोगी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेको छ ।

२० विगाहा ८ कठ्ठा क्षेत्रफलमा निर्माण गरिने रंगशालामा अहिले चौर सम्याउने, दुबो रोप्ने, माटो सुकाउने र पेल्ने काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...