श्याम ज्यापु भन्छन्ः सरकारले हामीलाई मेलम्चीको पानी होईन, हावामात्रै खुवायो

मेरो घरको धारामा मेलम्चीको पानी कहिले आउँछ ?

काठमाडौँ । पाँच वर्षमा सम्पन्न गरिसक्नुपर्ने मेलम्ची खानेपानी आयोजना २० वर्षसम्म पनि पुरा गर्न नसकेको भन्दै श्याम ज्यापुले सरकारको कडा आलोचना गरेका छन ।

शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे उनले सरकारले पटक–पटक आफुहरुलाई पानी आउँछ भनेर आश्वाशसनमात्र दिईरहेको तर आयोजनको काम अझै अनिश्चित् पार्दे गएकोमा आक्रोस पोखे । 

ललितपुर जावालाखेलका स्थायी वासिन्दा श्यामले प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ को दशैं अगाडिनै काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याईसक्ने बताएपनि अहिलेसम्म आयोजनाको काम समपन्न हुने छाँटकाँट नदेखिएको आरोप लगाए । 

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउदै आएका उनले बिरोधस्वरुप २०७५ को घटस्थापनापछि दैनिकजसोे आफ्नो मोटरसाईकलको पछाडी ‘म बौलाहा हुँ । मेरो घरको यस धारमा मेलम्चीको पानी कहिले आउँछ ? मेरो नेपाल । हाम्रो गौरवको ब्यानर राखेर हिँड्ने गरेकोे पनि सुनाए । 

उनले सरकारको काम कारवाहीप्रति असुन्तुष्टि जनाउँदै २०७६ को आषाढभित्र पनि मेलम्चीको पानी आउने अवस्था नदेखे सरकारले गर्नुपर्ने काम आफुले भिख मागेर भएपनि सम्पन्न गरी काठमाडौंमा पानी ल्याउने घोषणा समेत गरे । 

ठेकेदार कम्पनी र सरकारकोे बिचमा बेला–बेला उत्पन्न समस्याले आफुजस्ता लाखौँ जनता पीडा बोकेर हिँड्नुपरेको उनको भनाई छ । कहिले मेलम्चीको ठेकेदार काम नै प्रभावित पारेर गएको र कहिले सिएमसीसंगको बिषयले सरकारले काम नभएको कारण देखाउदै आफुहरुको आँखामा छारो हाल्ने काम गरिरहेको उनको आरोप थियो । 

२० वर्षमा १३ जना प्रधानमन्त्रीले १९ पटक सरकार प्रमुखको जिम्मेवारी पाइसक्दापनि काठमाडौंबासीको काकाकुल मेट्न नसकेकोे उनको भनाई रहेको छ । ‘‘के एउटा आयोजना सफल गर्नसक्ने सक्षम प्रधानमन्त्री देशले अहिलेसम्म नपाएकै हो त ? अहिलेसम्मका सरकार प्रमुखले चाहेको भए एउटा योजना सफल बनाउन कति समय लाग्छ ?’’–उनले आक्रोस पोखे । 

आफुजस्तै लाखौं घरकापरिवार अहिलेपनि ट्यांकरको पानीमा निर्भर रहँदै आएको बताउदै उनले सरकाले मेलम्चीको बिषयमा विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पानीको पाईप बिच्छ्याउने निहुँमा सरकारले बनेको बाटोमात्र तोडेर धुलाम्मे पारिरहेको तर पाईपबाट पानी नआएर सरकारले जनतालाई हावा खुवाईरहेको उनको आरोप छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...