समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्णः गृहमन्त्री थापा

अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका छन् । श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीका अवसरमा आज बौद्ध स्तुपमा आयोजना गरेको कार्यक्रममा उनले दुःख र अशान्तिकै कारण बौद्ध दर्शनको जन्म भएको बताए ।     

“मानिसले आफूलाई केन्द्रविन्दुमा राखेर सोच्दा दुःख र अशान्ति हुने गरेको छ, सबैले हामी भन्ने भावनाबाट अघि बढ्न सके शान्ति स्थापना हुन्छ, अहिंसा, सदाचार, समानता र शान्तिबाट दुःख अन्त्य गर्न सकिन्छ”–मन्त्री थापाले भने ।     

विश्वमा वार्षिक खर्बौ डलर हतियार उत्पादनका लागि खर्च हुने गरेकाले पनि शान्तिको आवश्यकता विश्वव्यापी भएको उनको भनाइ थियो । यसैकारण पनि पश्चिमा देशमा बौद्ध दर्शनका अनुयायी बढ्दै गएको मन्त्री थापाले सुनाए । 

धार्मिक पर्यटन प्रवर्द्धनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उनले जानकारी गराए । लुम्बिनी, पशुपतिनाथ र जनकपुर क्षेत्रमा बढी पर्यटक आउने गरेकाले यी क्षेत्रको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री थापाको भनाइ थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...