पहिलोपटक इलेक्ट्रिक हाइवे चार्ज ट्रक फ्रान्कफुर्टमा संचालनमा

 जर्मनी । यूरोपेली मूलुक जर्मनीले यस वातावरण मैत्री ट्रकलाई सञ्चालनमा ल्याएको हो। पहिलो इलेक्ट्रिक हाइवे चार्ज ट्रक फ्रान्कफुर्टमा संचालनमा आएको हो । 

राजमार्गमा कुदिरहँदा पनि यस ट्रकको व्याट्रि चार्ज गर्न सकिन्छ। यसको मतलब हामीले गाडी कुदाइरहँदा व्याट्रि सकिएमा यसलाई रोक्नु पर्दैन। 

यस ट्रकको माथि विद्युतीय तारसँग जोडिने उपकरण राखिएको छ, जसले ट्रकको व्याट्रि चार्ज गर्न मदन पुग्दछ। यस ट्रक संचालनका लागि सडकमा ट्रकको आवश्यकता अनुसारको विद्युतीय सुविधा भने उपलब्ध गराइनु पर्दछ।

जर्मनीका मानिसहरुले यस सेवालाई इलेक्ट्रिक हाइवे भन्ने गरेका छन्। जहाँ ट्रकले आवश्यकता अनुसार आफ्नो ट्रकको व्याट्रि चार्ज गर्नसक्छन्।

हालका लागि पहिलो इलेक्ट्रिक हाइवे चार्ज ट्रक फ्रान्कफुर्टमा संचालनमा आएको हो।

गतहप्तामात्र संचालनमा आएको यस ट्रकले प्रारम्भिरक चरणमा १० किलोमिटरसम्म कुद्दा चार्जिङको सेवा पाउनेछ। जर्मनीमा हाल १० किलोमिटरसम्ममात्र विद्युतीय चार्जिङ सेवा जडान गर्न सकिएको छ।

यस्तै खालका अन्य ४ ट्रक सन् २०२० सम्ममा जर्मनीमा संचालनमा आइसक्नेछ। सेइमन्स एजी कम्पनीले यो नयाँ प्रविधिको विकास गरेको छ। जहाँ ट्रकले कुदीरहेकै समयमा आवश्यकता अनुसार व्याट्रि चार्ज गर्न सक्नेछन्। फक्सवागेनको एजी स्कानिया ट्रकमा यो सेवा प्रदान गरिने छ।

यस ट्रकमा रेलको प्रविधि जठडान गरिएको छ। यस ट्रकले प्रतिघन्टा ९० किलोमिटरको दुरी पार गर्ने जनाइएको छ।

जर्मनीलाई प्रदुषण मुक्त देश बनाउने अभियानका क्रममा यस नयाँ प्रविधियुक्त सवारीसाधनको आविष्कार भएको हो। ९ वर्ष अगाडिदेखि नै सेइमन्स कम्पनीले वातावरण मैत्री सवारी साधन बनाउने लक्ष्य राखेको थियो। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...