तपाईले कतै ट्राफिक नियम उल्लंघन गर्नुभयो की ? अब बग्गीखानाबाट फोन आउँछ

काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सीसीटीभीबाट निगरानी गर्ने र बोलाएर कारबाही गर्न थालेको छ । महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षा (एसएसपी) बसन्त पन्त ट्राफिक प्रहरी नभएको स्थानमा नियम मिच्ने प्रवृत्ति बढेपछि सीसीटीभीबाट निगरानी सुरु भएको बताउँछन् ।

महाशाखाले सीसीटिभी शाखा बनाएको छ, जसले सडकहरुमा गुडिरहेका सवारीले नियम पालना गरेरनगरेको हेर्छ । नियम मिचेको देख्नासाथै सम्बन्धित क्षत्रेका ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन्छ ।

त्यहाँ खटिएका ट्राफिकले नियन्त्रणमा लिन नसकेका तथा नभ्याएका सवारीको नम्बर नोट गरिन्छ । सवारीको विस्तृत जानकारी यातायात कार्यालयसँग मागिन्छ । यातायातबाट प्राप्त विवरणका आधारमा महाशाखाले सवारी धनीलाई फोन गरेर हाशाखा बोलाइन्छ  ।

‘बोलाउँदा पनि नआए हामी फेरि फलो गर्छौं,’ पन्तले भने, ‘अझ अटेरी गरे पत्र नै काट्छौं ।’ तीनपटकसम्म अनुरोध गर्दा वेवास्ता गरेर सवारी साधन नै नियन्त्रणमा लिएर जरिवाना गर्ने गरिएको छ  ।

‘विगतमा ठक्कर दिएर र दुर्घटना गराएर भाग्ने सवारीका हकमा हामीले सीसीटिभीबाट निगरानी गर्ने गरेकै थियौं,’ एसएसपी पन्तले भन्छन्, ‘अहिले भने हामीले सवारी नियम मिच्ने सवारीको निगरानी गरेका छौं । हामीले अन द स्पट फेला नपारेपनि सीसीटीभी फूटेजका आधारमा बोलाएर कारवाही गर्छौं ।’

वैशाख महिनामा मात्रै ट्राफिक प्रहरीले १६५ जना चालकलाई यसैगरी जरिवाना गराएको छ । सीसीटीभी निगरानीका आधारमा सडकमै कारबाहीमा पर्नेको संख्या ९९४ छ । यसले गर्दा ट्राफिक प्रहरी नदेख्नासाथै नियम मिचेर अघि बढ्ने प्रवृति निरुत्साहित हुने विश्वास ट्राफिक प्रहरी महाशाखाको छ  ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...