मुटुलाई कसरी स्वस्थ राख्ने?समयमा नै विचार पु¥याउनुहोस यस्ता छन् मुटु स्वस्थ राख्ने उपायहरु

 काठमाडौँ । पछिल्लो समयमा मुटु रोग युवा अवस्थाकै मान्छेहरुमा डरलाग्दो तरिकाले फैलिएको चिकित्सकहरु बताउँछन । मुटु रोग विश्वमै जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पछ्र्रन भने विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र्हट अट्याक भनेर बुझ्ने गरेको पाइन्छ ।

मुटु रोगको समयै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्ने चिकित्सहरु बताउँछन् । चिकित्सकहरुका अनुसार मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै खानासम्बन्धी समस्यालाई पनि प्रमुख रुपमा लिन सकिन्छ ।

विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा। हरिहर खनाल बताउँछन ।

पुरुष र महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा रहेको र मृत्यु हुनेहरूमध्ये धेरै विकासोन्मुख देशका विपन्न वर्गका जनता परेको देखिन्छ ।

डा. खनालका अनुसार अहिले सबै भन्दा बढी उच्च रक्तचाप र फेरिदै गएको जीवनशैलीका कारण हजारौँ मानिस मटुको रोगले ग्रस्त रहेको पाइएको छ ।

मुटुमा के कस्ता समस्या आएमा मुटु दुख्ने हुन्छ ?

मुटुको झल्व थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातीको बिच भागमा बेस्सरी मुटु दुख्ने हुन्छ ।

यस्तो अवस्थामा हिँडडुल गर्दा झनै दुख्ने हुन्छ । त्यस्तै शरीरमा रक्तसञ्चार कमी भयो भने पनि मुटु दुख्ने हुन्छ । एन्जाइना हनुलाई पनि मुटु दुख्ने एक कारण मान्न सकिन्छ ।

छाती गाह्रो भएको महसुस हुनु, छातीमा कसैले च्यापेको जस्तो लाग्नु, छाती पोल्ने छाती चिलाउनु लगायतका सबै लक्षण एन्जाइनामा पर्छन । जसको कारण मुटु दुख्न थाल्छ । तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हुन सक्छन ।

वंशाणुगत इतिहास भएको कारणले, अत्याधीक मोटोपन, शारीरिक रुपमा कम शक्रिय, अत्याधीक कोलस्ट्रोल, अत्याधिक ब्लडप्रेसर, धुम्रपान सेवन, लागु पर्दाथको सेवन, मधुमेहका रोगी हुनु लगायतका कारणले मुटुरोग हुन सक्ने अधिकतम संभावना हुन्छ ।


मुटु रोगको लक्षण


–श्वासप्रश्वासमा समस्या आउनु

–घाँटी दुख्नु

–टन्सिल हुनु

–देब्रे छाती दुख्नु

–मुटुको चाल बढ्नु

–रिंगटा लाग्नु, बेहोस हुनु

–छाती दुखेसँगै खलखल पसिना आउनु

–वाकवाकी लाग्नु, वान्ता आउनु

–जिब्रो लरबरिनु हात झम्झमाउनु आदि ।


रोकथामको उपाय


–धुम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने , नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने । 

 

–मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

–मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

–मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ ।

–खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...