जानी राखौँ आपतकालीन अवस्थामा ज्यान कसरि बचाउने

लमजुङ । लमजुङका ८ वटै स्थानीय तहका विद्यालयका विद्यार्थीलाई आपतकालीन अवस्थामा ज्यान बचाउन सिकाउन थालिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई कुनै घटना दुर्घटनापछि तत्काल ज्यान बचाउने तालिम सिकाइएको हो । हरेक स्थानीय तहका २-२ वटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । 

सर्किंदा, अति रक्तश्राव हुँदा, हृदयघात हुँदा, बेहोस हुँदा, संघात जस्ता जटिल समस्या भएको बेला तत्काल प्राथमिक उपचार गर्ने तरिका बारे सिकाइएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्कुल स्वास्थ्य शिक्षा कार्यक्रम सहजकर्ता डा. लक्ष्मी पन्थीले बताए । उनका अनुसार कार्डियो पल्मोनरी पुनर्जीवन (सीपीआर बिधी) समेत सिकाइने गरिएको छ । हात धुने तालिम समेत सिकाइएको उनले बताए । 

विशेषगरी कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिइएको तालिम अन्तर्गत बेंसीसहर नगरपालिकाको जनविकास मावि बेंसीसहर र बाल कल्याण मावि उदीपुर, राइनास नगरपालिकाको शौभाग्योदय मावि र शैलपुत्री मावि, मध्यनेपाल नगरपालिकाको मंगला मावि र भैरव मावि, सुन्दरबजार नगरपालिकाको भक्तिनमुना माविमा कार्यक्रम सञ्चालन गरिएको छ । दूधपोखरी गाउ“पालिकाको गौंडा मावि र हिमालय मावि, पनि तालिम संचालन भइसकेको छ । अब अन्य स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।


गण्डकी प्रदेशको ११ वटै जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको डा. पन्थीले बताए । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकास्थित अन्नपूर्ण मावि र चामे गाउँपालिकास्थित लोकप्रिय मावि र नासों गाउँपालिकास्थित प्रकाश ज्योति मावि साथै भानु माविमा कार्यक्रम सञ्चालन भइसकेको छ । 

लमजुङमा भने उनलाई नर्सिङ इन्चार्ज मीना हिताङ, स्वास्थ्य कार्यालय लमजुङका खोप सुपरभाइजर कृष्ण पोख्रेल, बेलायती नागरिक माइकल स्मिथले सहयोग गरेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...