बलान बिहुल गाउँपालिका अध्यक्षको घरमा बम बिष्फोट, एक जना घाइते

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति कुकर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


विष्फोटमा गोईतको ढाडभन्दा तल छर्रा लागेको तथा समान्य घाइते भएको प्रहरीले जनाएको छ । राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुको समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिए ।


यसैबीच जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले भ्रष्टाचारको बिरोधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फोटको जिम्मा लिएको छ ।  


गोईत समूहले जारी गरेको विज्ञप्तीमा तराईमा भ्रष्टाचार बिरोधी अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँपालिकाको भ्रष्ट अध्यक्ष दयानन्द गोइतको निवासमा प्रेसर कुकर बम कार्वाही स्वरूप विष्फोट गराएको दावी गरेका छन ।  


साथै जारी विज्ञप्तीमा भ्रष्टाचार९अपराध० जारी नै रहे यसभन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनी दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...