मौसम: मध्य र पूर्वी पहाडी क्षेत्रमा साँझपख पानी पर्ने सम्भावना

काठमाडौं ।  पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ ।

यस्तै अहिले सफा रहेको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उनले बताए । 

अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताए । 

प्रतिकृया दिनुहोस