युरो छनोट खेल्ने २३ सदस्सीय स्पेनिस टोलीको घोषणा, नामसहित

एजेन्सी । स्पेनले सन् २०२० को युरोकप फुटबलको छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । स्पेनले शुक्रबार युरोकप छनोट खेल्ने २३ सदस्सीय स्पेनिस टोलीको घोषणा गरेको हो । 

स्पेनिस टोलीमा मिडफिल्डर सान्टी काजोर्लाले चार वर्षपछि स्थान बनाएका छन् । आर्सनलका पुर्व मिडफिल्डर काजोर्लाले पछिल्लो समय स्पेनबाट सन् २०१५ मा खेलेका थिए ।

एङ्कलको चोटका कारण मैदानमा ३४ वर्षीय काजोर्लाले टिममा स्थान बनाउन सकेका थिएनन् । उनले स्पेनबाट ७७ खेलमा १४ गोल गरिसकेका छन् ।

स्पेनमा युरोकप छनोटको पहिलो खेलमा फारोए आइसल्याण्डसंग जुन ७ मा खेल्दैछ । यस्तै जुन १० मा स्विडेनसंग खेल्नेछ ।

स्पेनिस टिम :

गोलकिपर : डेभिड डी गिया, केपा अरीजाबलगा, पाउ लोपेज 

डिफेन्डर : डानी कार्भाजल, सर्जियो रामोस,मारियो हेर्मोसो,डिएगो लोरेन्टो,मार्टिनेज, जोर्डी अल्बा,सेर्गी रोबर्टो,जोसे गया, जेसस नाभास

मिडफिल्डर : सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो,इस्को,फाबियन रुइज,सान्टी काजोर्ला

फरवार्ड :मिकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस,अल्भारो मोरटा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...