रुपन्देहीका सिमानाका ३ दिन बन्द हुँदै

भैरहवा । भारतको उत्तरप्रदेश राज्यमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारतका सिमानाका बन्द हुने भएका छन्। सिमावर्ती भारतीय जिल्ला महाराजगंजमा आइतबार हुने लोकसभा निर्वाचनलाई मध्येनजर गर्दै रुपन्देही जिल्लासगँ जोडिएका सिमानाकाहरु आज राति १० बजेदेखि आइतबार (जेठ ५ गते) साँझ ६ बजे सम्म बन्द हुने भएका हुन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाका अनुसार विरामी रहेको एम्बुलेन्स र इन्धनका ट्यांकर भारतबाट भने आउनेछन्। निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै नेपाल भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। सिमाबन्द अवधिभर पैदलयात्री, माल तथा यात्रुबाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिकृया दिनुहोस