मडिया काउन्सिल विधेयकको बिरोधमा पत्रकारहरु आन्दोलित

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको बिरोधमा पत्रकारहरुले संसद भवन घेराउ कार्यक्रम गरेका छन् । आज काठमाडौंको नयाँबानेश्वरमा नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले संयुक्त रुपमा बिधेयकको बिरोध गरेका हुन् ।  उनीहरुले विधेयक अभिलम्ब फिर्ता गर्न भन्दै संविधानले दिएको प्रेस स्वतन्त्रता कार्यान्वयनको माग गरेर धर्ना बसे । 


पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद लेखिएका प्लेकार्ड बोेकेर कालो पट्टी बाँधेका थिए । धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अत्यन्तै पीडित भएको अवस्थामा मात्रै सडकमा आउने बताए ।

अध्यक्ष आचार्यले भने,  प्रेसलाई अंकुश लगाउने गरी संसदमा विधेयक दर्ता गरिसकेपछि विभिन्न ढंगले आवाज उठायौं, ध्यानाकर्षण पत्र बुझायौँ, ज्ञापनपत्र बुझायौँ तर कुनै पनि सुनुवाई नभएपछि बाध्य भएर आज हामी सडकमा आउनु परेको छ । 


प्रतिकृया दिनुहोस