पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पराजय भएको हो: देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट, उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।  प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने धारणा राखे । 

पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको सभापति देउवाको तर्क थियो । देशमा  कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काँग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो । 

आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न लाग्नुपर्नेमा पनि सभापति देउवाको जोड थियो ।  सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काँग्रेसभित्र सशत्त एकताको खाँचो रहेको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...