नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर डिएसपी, अख्तियारद्धारा मुद्दा दायर

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र नक्क्ली पेश गरेर प्रहरी सेवामा प्रवेश गरेका एक प्रहरी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले मुद्धा दायर गरेको छ । अख्तियारले प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

डिएसपीको अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र शंकास्पद रहेकाले छानबिन गरी पाऊँ भनी अख्तियारमा उजुरी परेको थियो । अख्तियारको छानबिन टोलीले डिएसपी अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइकम) तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै मुद्दा दायर गरेको हो ।

उनले आइकमको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरीमा सेवा प्रवेश गरेका थिए। हाल उनी बढुवा भएर डिएसपी पदमा कार्यरत छन् । 

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार उनीविरुघ मुा दायर गरिएको अख्तियारले जनाएको छ ।


प्रतिकृया दिनुहोस