बलात्कारको आरोप लागेका रामबहादुर बम्जन सार्वजनिक, आशिर्वाद लिनेको भिड

सिन्धुली । बलात्कार तथा बेपत्ताको आरोप लागेका रामबहादुर बम्जन सार्वजनिक भएका छ । उनले आनीहरुलाई बलात्कार गरेको, बेपत्ता पारेको लगाएतका आरोप लागेका बम्जन शुक्रबार सिन्धुलीमा सार्वजनिक भएका हुन् ।

आफ्नै आश्रम रहेको कनपा ५ को पैरेमा बिहान १० बजेदेखि उनले आफ्ना भक्तजनहरुलाई सार्वजनिक रुपमै आशिर्वाद दिइरहेका छन् । उनको आशिर्वाद लिन भक्तजनहरुको भिड लागेको छ ।

महिला, बालबालिका, युवा, जेष्ठ नागरिक लगाएतले तातो घाममा लाइन लागेर आशिर्वाद लिइरहेका छन् । बम्जनले भक्तजनको भिड नसकिएसम्म निरन्तर आशिर्वाद दिइरहने बोधि मार्गदर्शन मैत्री धर्म संघका केन्द्रीय सदस्य छत्र बहादुर घिसिङले बताए ।

बोधि मार्गदर्शन मैत्री धर्मको १४ औं महामैत्री दिवसको समापनको अवसरमा उनले भक्तजनलाई दर्शन दिएका हुन् । दिवसको समापनको अवसरमा आयोजित ३ दिने कार्यक्रमको दोस्रो दिन शुक्रबार मात्रै उनले भक्तजनलाई दर्शन दिएको घिसिङले बताए ।

७७ जिल्लाका भक्तहरु तथा अन्तराष्ट्रिय बोधि धर्म संघका पदाधिकारीहरु समेत गरि ५ हजार ५० जनाले आशिर्वाद लिइसकेको उनले बताए ।

प्रतिकृया दिनुहोस