अर्कैसँग विहे हुने भएपछि प्रेमिले निशाको हत्या गरेको खुलासा

रुपेन्देही । गत बैशाख १ घर नजिकैको खेतको सुखा कुलो मृत भेटिएकी युवतीको प्रेमीले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । रुपन्देहीको गैडहवा गाउँपालिकामा मृत फेला परेकी एक किशोरीलाई  आफ्नै प्रेमीले हत्या गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको हो । निशाको यहि महिना विहे हुने तयारी रहेको मृतक निशाका वुवा महोम्मद हिसाहारले बताए

गौडहवा गाउँपालिका १, साविक साँडीका गाविस भुझाउलीकी  १९ वर्षीया किशोरी सवनाम निशा बैशाख १ गते बुधवार विहान कुलोमा मृत भेटिएकी थिईन् । रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार हत्या आशंका गरिएका र प्रेमी भनिएका एक युवा घटनालगत्तै फरार छन् । फरार हुनेमा २२ वर्षका असरुद्दिन मुसलमान रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

सोधपुछका लागि ६० वर्षीया उनकी आमा मवाकुन निशा र २० वर्षका छोरा उजिउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव भेटिएको स्थानबाट उनीहरुको घर मात्र १ सय २० मिटर टाढा छ । 

प्रहरी प्रमुख थापाका अनुसार ती प्रेमी भनिएका युवा घटना लगत्तै फरार छन । काठमाडौं पठाईएको उनको पोष्टमार्टम रिर्पोट अझै आई पुगेको छैन’ एसपी थापाले भने, ‘प्रारिम्भक अनुसन्धानले उनको हत्या भएको देखाउँछ ।’ 

गैडहवा गाउँपालिका प्रमुख बच्चु केवटका अनुसार  शवनाम हत्या काण्डपछि गाउँ तनावग्रस्त बनेको छ । मृतक किशोरीका छिमेकीहरुले उनका प्रेमीको  घर जलाई दिन्छौँ भन्दै बिहीबार प्रदर्शन गरेका छन् ।

‘हत्या उनकै प्रेमीले गरेको आशंकामा घर जलाइदिन्छौँ भन्दै स्थानीय आक्रोसित छन्,’ गाउँपालिका प्रमुख केवटले भने, ‘संयम रहन हामीले आग्रह गरी सामन्य पार्ने प्रयास गरेका छौँ । प्रहरीलाई स्वतन्त्र भएर अनुसन्धान गर्न दिन आग्रह गरेका छौं ।’


प्रतिकृया दिनुहोस