मदन भण्डारीका विचारलाई पार्टीले छाड्न मिल्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् ।

छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उनको विचारलाई छाड्न नमिल्ने स्पष्ट गरे ।

“मदन भण्डारीले अगाडि सारेको विचारले धारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ”, उनले भने, “मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता ? यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।”

भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनको भनाइ थियो । अध्यक्ष ओलील भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गरे ।

“मदनको विचारलाई सूत्रका रुपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे–जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन । समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ”, उनले भने ।

अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारले नै अन्त्यन्तै प्रतिकूल अवस्थामा कम्युनिष्ट आन्दोलनको रक्षा गरेको तथा कम्युनिष्टमाथिको सम्पूर्ण आलोचनालाई निस्तेज पारेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...