अहिलेको यो बहुमत कतिलाई पचेको छैन अर्काे पल्ट दुई तिहाइ ल्याएर देखाउँछौः प्रधानमन्त्री ओली

अहिले मन सानो पार्ने र चित्त दुखाउने बेला होइन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको बहुमत कतिलाई पचेको छैन अर्काे पल्ट आफ्नो पार्टीले दुई तिहाइ बहुमत ल्याउँने दाबी गरेका छन् । 

मदननगर बल्खुमा मदन–आश्रित स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को पटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँने दाबी गरेका हुन् । 

प्रधानमन्त्रीले भने,‘ सरकारले जनताका पक्षमा राम्राराम्रा काम गरिरहेकोले जनताले दुई तिहाइको बहुमत दिएर जिताउने विश्वास व्यक्त गर । अहिलेको सरकारले जनताको पक्षमा राम्रा काम गरे पनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भने,‘ बालुवाटार जग्गाको छानबिन हामीले थाल्यौं, हमला हामीविरूद्ध भयो । त्यो जग्गामा ४७ सालदेखि के–के भएको छ भनेर सरकारले खोजिरहेको छ, । फेरि पनि आरोप हाम्राविरूद्ध छ । सुन तस्करी हामीले रोक्यौं, विरोध हाम्रो भएको छ । माथिल्लो तहसम्मका भ्रष्टाचारीलाई कारबाही हामीले गरिरहेका छौं, तर फेरि पनि हमला हामीमाथि भएको छ ।’

उनले आफ्नो सरकारले भ्रष्टाचार गर्न नदिने कुरा सार्वजनिक चुनौतीका रूपमा पेस गरेको बताए । कोहीकोही मुख छोड्ने कहिलेकाहीँ देखिएका छन् । तर म चुनौतीका साथ भन्छु, म भ्रष्टाचार गर्दिँनँ र गर्न पनि दिन्न,’ ओलीले भने । उनले मुख छोड्ने भनेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई संकेत गरेका हुन् ।

पार्टी एकताका सन्दर्भमा प्रधानमन्त्री ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई सचेत गराए।

‘आवेशमा आएर आन्तरिक कुरा सार्वजनिक रूपमा भन्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘अहिले मन सानो पार्ने  र चित्त दुखाउने बेला होइन किनकी हामी दुई पार्टीलाई कहिल्यै नछुट्टिने गरी अन्तरघुलित गर्दैछौं।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...