अब छिट्टै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्छौ: प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताएका छन्।  तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको  २६ औँ स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित विशेष  समारोहमा बोल्दै नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन भित्रै पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशनको तयारीमा लाग्ने बताए।

उनले अधिवेशन वा निश्चित प्रक्रिया मार्फत संगठनलाई मजबुत बनाउने धारणा राखे।  संगठनलाई मजबुत बनाई जनताको चाहनाअनुसार काम गर्ने  प्रचण्डको भनाइ थियो।

उनले भने, लामो समयपछि जनताले स्थिर सरकार पाएका छन्, यो सरकारले जनताको चाहनाअनुसार नै काम गरिरहेको छ।' मदन भण्डारीको आन्दोलनालाई थप उचाईमा पुर्याउन सिंगो पार्टी नै लाग्ने प्रचण्डको भनाइ छ। त्यस्तै प्रचण्डले प्राप्त उपलब्धीलाई सम्मान गर्दै युग सुहाउँदो विचार अघि सार्नु पर्ने बताए। विगतका उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले पार्टी एकता गरेको उनको धारणा थियो। 

उनले भने ‘विचारलाई दम्भका रुपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर पाटृि एकता गरेका होइनौं। हामी नयाँ प्रक्रियामा जाँदैछौं। जनताको बहुदलिय जनवादलाई पनि वज्ञानिक समाजवादतर्फ लैजानुपर्ने  प्रचण्डको भनाइ थियो। 

 

प्रतिकृया दिनुहोस