नेकपा जन्मिएको आज एक वर्ष पूरा, बल्खुममा बिशेष कार्यक्रम

ओली र दाहालले सम्बोधन गर्ने

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जन्मिएको आज एक वर्ष पूरा भएको छ । चुनावी गठबन्धनपछि एमाले र माओवादीले गत वर्ष जेठ तीन गते सबैभन्दा ठूलो पार्टी घोषणा गरेका थिए।

पार्टी स्थापना दिवसको अवसर र मदनआश्रित दिवस एकै दिन पारी शुक्रबार बल्खुमा पार्टीले एक विशेष कार्यक्रम गर्दैछ । कार्यक्रमलाई पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी एकता भएको एक वर्षमा ढिलो गरी एकता प्रक्रिया अघि बढाएको भन्दै नेतृत्वमाथि कार्यकर्ताले प्रश्नैप्रश्न तेर्साउन थालेका छन् ।


प्रतिकृया दिनुहोस