आज मदन आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज  बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ । २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो ।

रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।

बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...